site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आमा परदेशीलाई न दसैँ न तिहार !

आमा, बिरानो संसारको फुस्रो दैनिकीसँग लापा खेल्दै ! जीवन बाँच्ने नाममा धैर्यको पिरामिड बनेर, लगनको नाइल नदी बनेर बग्दैछु । घडीको सुईसँग सरोकार राख्ने गरेको छु ! अटेरी म ! घुर्क्याउँदै, ढलिमली हल्लिदै अरुले पकाई दिएको खाना खान समय निकाल्न नसक्ने म ! आज आफैँले पकाएको खाना तोकेको सीमित समयमा खाएर भ्याउनु परेको पीडादायी क्षणको कुरा गरेर साध्य छैन ! 

यता जहाँ छु म ! चाड-पर्व, मेला महोत्सव भनेको झुक्किएर आउने सीमित सपनामा मात्रै हो । गर्मीमा ५०° कट्छ तापक्रम ! भाग्यमानीहरूको भागमा मात्रै पर्दोरहेछ 'इनडोर' काम ! मजस्तै खोटो कर्म भएकाहरू 'आउटडोर' कर्ममा भाग्य खोज्न विवश छन् । गर्मी याम सक्किँदै छ । शरद ऋतु लागे पनि यता म भएतिर सयपत्री फुल्दैनन् ! मखमली झुल्दैनन्  ! दसैँ कहिल्यै आउँदैन । देउसीभैलो गाउने गर्दैनन् । मंगलधुन बज्ने मन्दिर छैन । ॐ माने पेमे जप्ने गुम्बा पाइँदैन । यहाँ मारुनी नाच्दैनन् । रोदी बस्दैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँहरूको उखानजस्तै सुनको पिर्कामा बसी भिख माग्ने भिखारी बनेका हामी । आफूलाई बेचेर आएको पैसामा खुसी खोज्दै छौँ । आमै स्नातकोत्तरको दीक्षान्त समारोहमा रमाउँदै हाँसीहाँसी हासिल गरेको शैक्षिक प्रमाणपत्रको खिल्ली उडाएको बिगो कल्ले तिर्ने हो थाहा छैन ?  कैलाशकुटको छेउमा बसेको पण्डितले गरेको भविष्यवाणी तिमी लेखपढ गरी खान्छौ भनेको कुरालाई गैंची र बेल्चाले उठेको ठेलाले  काटेको छ आमा ।  तिमी काठमाडौं आउँदा भेटियो भने ती बाजे सँग गर्नु कुरा ल !

आमा उता शरद ऋतुसँगै आमन्त्रित चाडपर्व  बगैंचाभरी सयपत्री र मखमली बनेर फुलिसके होलान् । सेतो कमेरो माटोले रंगिएका घरका भित्ताहरू,  लिङ्गेपिङको लागि सजिएको चौतारीको बरपिपल सपना भरी आइदिन्छ । मलाई थाहा छ - तिम्रो बुढ्यौलीले गलेको बूढो आँखा म फर्किने गोरेटोमा बिछ्याइएको । पोहोरसाल राखेको भाकालाई सकिन पूरा गर्न यसपालि पनि । पोहोर सालको आघौँ साल यो पाल म आउँछ भनेर तिमी खुसीले गद्गद् भएको क्षण हिजोजस्तो लाग्छ । आमा समयले एक सालको दूरी बनाइसकेछ ! फेरि एकपटक भाका राख्दैछु । आघौँ सालको दसैँमा चाहिँ पक्का आउनेछु ।

Global Ime bank

आमै जाती नै छु । प्रविधिको देनले दिनदिनैजस्तो भएको छ कुराकानी तिम्रो र मेरो । सुन्नेमात्रै होइन देखिने गरी ! टीकाको दिन छुट्टी मिले भिडियो कलमा म तिमीलाई मेरो निधार देखाउँला ! त्यसैमा भए पनि टीको लाएर तिमीलाई मन लागिन्जेल आशीर्वाद देऊ हैं आमा ! भौतिक रूपमा टाढा भए पनि म जिउँदैछ भन्ने कुराको पक्का प्रमाण धड्की रहेको मेरो मुटुको ढुकढुकी बनेर तिमी उफ्रिरहेको महसुस गर्छु  । अरू भनेको त्यस्तै छ जस्तो थियो पहिला ! बरु तिमीचाहिँ अलि दुब्ली देखिएकी छौ ! ख्याल राख्नु आफ्नो ।

आमा तिम्रो आशीर्वादले तिम्रो छोरो जाती नै छ भनेर खबर लेख्दालेख्दै  मजस्तै छोराछोरी दैनिक सयौंको संख्यामा अरूको देशमा भविष्य खोज्न गएको लर्कोको दृश्यले मुटुकलेजो घाइते भएको आभास हुन्छ । 

आमा स्वर्गजस्तै जननी जन्मभूमि अनि तिम्रो मायाको न्यानो काख छोडेर रहर नहुँदा नहुँदै टाढा छु ! आज तिमीबाट ! 
तिम्रो प्रेमले तिम्रो मायाले मात्रै बाँचेको छुजस्तो लाग्छ ! पराईको हैकम र हुकुमले तिमीले जतनले हुर्काएको मेरो ज्यान खिएर जाँदैछ । खिया लागेको फलामको पाइपजस्तै ।  यहाँ दसैँतिहार मनको क्लालेन्डरमा मात्रै आउँछ । यथार्थमा यहाँ फुँङ्ग उडेको मरुभूमिको तातो हावासँगै गाह्रो कामको भेल सुसाउँछ !
(हाल-लिमासोल, साइप्रस)

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC