site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल
Tiktok banner adTiktok banner ad

चितवन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताए । 

“स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन,” उनले भने । एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी दिँदै उनले एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत स्पष्ट पारे ।

निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै पोखरेलले मुलुकलाई सही दिशामा लैजान एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro