site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्र सचिव पौडेल र अष्ट्रेलियाको विदेश मामिला सचिव जान एडम्सबीच भेटवार्ता
Tiktok banner adTiktok banner ad

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र अष्ट्रेलियाको विदेश मामिला र व्यापार विभागकी सचिव जान एडम्सबीच भेटवार्ता भएको छ । पौडेल र एडम्सबीच क्यानबेरामा भेट भएको हो ।

भेटमा द्विपक्षीय हितको बारेमा छलफल भएको र द्विपक्षीय सम्बन्ध अझै सुदृढ र बलियो बनाउन सहमति भएको क्यानबेरास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

Meeting of Foreign Secretaries of Nepal and Australia1661763914.JPEG 

सो अवसरमा नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगको सचिवालयबाट सचिव दिनेश कुमार घिमिरेले हस्ताक्षर गरेका थिए भने अष्ट्रेलियाको तर्फबाट एडम्सले हस्ताक्षर गरेकी थिइन् । 

सचिव पौडेलको नेतृत्वमा अष्ट्रेलिया पुगेको डेलिगेसनले दोस्रो बैठक मंगलबार गर्नेछ । उक्त बैठकमा नेपालको परराष्ट्र मन्त्रालय र अष्ट्रेलियाको परराष्ट्र मामिला तथा व्यापार मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्रबारे हुनेछ । 

डेलगेसनमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेल, सहसचिव लोकबहादुर थापा र उपसचिव सीता बस्नेत सहभागी छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro