site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
किरण केसीको तिज गीत सार्वजनिक

काठमाडौं । हास्य कलाकार किरण केसीको तिज गीत सार्वजननिक भएको छ । आफ्नै स्वरमा रहेको तिज गीत केसीले सार्वजनिक गरेका हुन् ।

केसीलाई स्वरमा सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत बबुल गिरीको छ । 

Argakhachi Cement Island Ad

‘ड्युटी छोडेर’ बोलको गीतको भिडियोमा किरण केसी, प्रियंका कार्की र विमला गिरी फिचर्ड छन् । घर छोडेर परदेशिएका नेपाली तिजमा घर फर्किन नपाउँदाको पीडा गीतमा समेटिएको किरणले बताए । 

“हामी कति नेपाली काम विशेषले घरबाहिर बस्छौं । ड्युटी छोटेर चाडपर्वमा घर फर्किन पाउँदैनौं,” किरण भन्छन्, “यही विषयलाई गीतले उठान गरेको छ । प्रहरी संगठनमा रहेका महिला तिजमा पनि ड्युटीमै बस्नु पर्ने वाध्यताले परिवार र उनीहरूमा कस्तो भावना सिर्जजा हुन्छ भन्ने गीतले देखाउँछ ।”

गीतको भिडियो विराज फुयाँल र सन्दिप घिमिरेले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्