site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको मेरिल्याण्डमा सुदूरपश्चिमको गौरा महोत्सव हुँदै
Tiktok banner adTiktok banner ad

काठमाडाैं । सुदूरपश्चिमको धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्यसहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइने भएको छ ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सांस्कृतिक केन्द्र (हिन्दु बुद्ध मन्दिर)को संयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा प्रदर्शनी हुने भएकाे हाे । 

गौरा नेपालको सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा सुदूरपश्चिममा परापूर्व कालदेखि नै मनाँउदै आएको पर्व हो । गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ ।

नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारेर आउँदो सेप्टेम्बर ४ मा हुन लागेको गौरा प्रदर्शनीको तीव्र तयारी सुरु भएको आयोजकले जनाएको छ । प्रदर्शनीलाई सफल पार्न विभिन्न समितिसमेत गठन गरिएका छन्।

प्रदर्शनीमा गौरा पर्वको महत्व झल्किने गरी विभिन्न पम्पलेट वितरण गरिनुका साथै झाँकी तथा देउडा नाचहरू प्रर्दशन गरिने भएका छन् । अमेरिकामा बाक्लिदै गइरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वहरूको महत्व लोप हुन नदिन गौरा प्रर्दशनीको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजक कमिटीलाई सम्बोधन गर्दै सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमनविक्रम शाहले अमेरिकामा बस्ने नेपालीहरूबीच सांस्कृतिक पर्वका माध्यमबाट भाइचारा बढाउने र सुदूरपश्चिमको संस्कृति र परम्पराबारे जानकारी गराउन गौरा पर्वको आयोजना गर्न लागिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro