site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनमा सिट बाँडफाँटको मोडालिटीबारे आ–आफ्नो पार्टीमा छलफल गरेर फेरि बैठक बस्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सहयोगका लागि सत्ता गठबन्धनले बनाएको समितिको पहिलो बैठक सम्पन्न भएको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समितिको संयोजक तोकेको छ । संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । 

सोमबारको बैठकमा मंसिर ४ गते हुने निर्वाचनमा कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।

नेकपा(एस) का नेता प्रमेश हमालका अनुसार मोडालिटीको बारेमा आ–आफ्नो दलमा छलफल गर्ने र अर्को बैठकमा दलहरूले प्रस्तुत गर्ने सहमतिसँगै आजको बैठक सम्पन्न भएको हो । 

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार अर्को बैठक साउन २६ गते (बिहीबार) बस्नेछ ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro