site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेस गर्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेस गर्नुपर्ने बताएका छन् । 

सिंहदरबारमा आज बसेको संघीय संसद्अन्तर्गतको राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा रावलले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेस गर्नुपर्ने बताएका हुन् । 

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकारप्रति अविश्वास बढेको उनको भनाइ छ । संसदीय समितिको निर्णय कानुनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । 

उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकिर गरे । 

बैठकमा अन्य सांसदहरूले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro