site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने, अब म्याद नथपिने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुजेटबारे जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो ।

सीसीटीभी फुटेजका बिषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए । बुधबार बस्ने बैठकमा यसबारे फेरि छलफल हुने र प्रतिवेदनमा पनि लेखिने उनले बताए ।

उनले अब समितिको म्याद थप गर्न पहल नगरिनेसमेत स्पष्ट पारे । 

सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro