site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटर ब्याजविरुद्ध संघर्ष गर्न समिति गठन

काठमाडौं । सिरहामा मिटर ब्याजबाट पीडित भएकाहरूले 'मिटर ब्याजविरुद्ध संघर्ष समिति' गठन गरेका छन् । साथै उनीहरूले संघर्षको कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

जसअनुसार साउन १५ गते आइतबार मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम राखिएको संघर्ष समिति संयोजक मनोज पासवानले जानकारी दिए । 

यसैगरी १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।

पीडितहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका थिए । 

गृह मन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न जिल्ला प्रशासन प्रमुखलाई परिपत्र जारी गरेपनि उनीहरू पक्राउ परेका छैनन् ।

मिटर ब्याजबाट पीडितहरूलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासमानले पीडिकसँगको मिलोमतोमा प्रशासन प्रमुखले मुद्दा दर्ता नगरिएकाे आरोप लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro