site stats
राजनीति
निमोनिया देखिएपछि कांग्रेस नेता प्रदिप गिरि अस्पताल भर्ना 

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरि अस्पताल भर्ना भएका छन् । 

उनलाई निमोनियाको संक्रमण भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको छ । “उहाँलाई आज निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको हो,” पत्रकार किशोर नेपालले भने, “डाक्टरले उहाँको स्वास्थ्य सुधार हुँदैछ भोलिसम्म हामी भेट गर्न दिन्छौँ भनेको छ ।”

S.A.U
Agani Group

उनले आफूले गिरिलाई भेट गरेर फर्किएको जानकारी दिए । क्यान्सर पीडित गिरीले लामो समय भारतमा उपचार गराएका थिए ।

उनी आइतबार मात्र नेपाल फर्किएको पत्रकार नेपालले जानकारी दिए ।
 

Global bank

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय