site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतका ओलम्पिक स्वर्ण पदक विजेता चोपराले कमनवेल्थ गेम्स गुमाउने

काठमाडौं । ओलम्पिकका स्वर्ण पदक जित्न सफल भारतका नीरज चोपराले चोटका कारण कमनवेल्थ गेम्स गुमाउने भएका छन् । भारतीय ओलम्पिक कमिटिले मंगलबार ज्याभलिन थ्रोका खेलाडी चोपराले बर्मिङ्घममा हुने प्रतियोगितामा खेल्न नसक्ने जनाएको छ ।

२४ वर्षीय चोपराले गत वर्ष टोकियोमा सम्पन्न ओलम्पिकमा ८७.५८ मिटर ज्याभलिन थ्रो गरेका थिए । यससँगै उनी एकल स्पर्धामा भारतबाट एथलेटिक्सबाट ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

चोपराले गत साता अमेरिकामा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा ८८.१३ मिटर थ्रो फालेका थिए । विश्व च्याम्पियनसिपमा चोपराले रजत पदक जितेका थिए । विश्व च्याम्पियनसिपमा चोपरा रजत पदक जित्ने पहिलो र पदक जित्ने दोस्रो खेलाडी बनेका छन् ।

यसअघि २०१३ मा भारतकी अञ्जु बब्बी जर्जले लङ जम्पमा काश्य पदक जितेका थिए । 

चोपराको ‘ग्रोइन’मा समस्या देखिएको बताइएको छ । हरियाणका चोपरालाई आरम गर्नका लागि सुझाव दिइएको छ ।

चोपराले २०१८ को एसियन गेम्स र कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए । जुलाई २८ देखि अगस्ट ८ सम्म कमनवेल्थ गेम्सका चोपरालाई भारतको झन्डा बोक्ने जिम्मेवारी पनि दिइएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro