site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय प्रदेश एक सरकारको निर्णय

विराटनगर । प्रदेश नम्बर एक सरकारले राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् आज बसेको बैठकले विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले गरेका निर्णयबारे जानकारी दिंदै भने,“राजश्वको दायरा फराकिलो पार्न र सरकारको आय बढाउनेलगायत विषयमा कार्यदलले काम गर्नेछ ।”

Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्ले महालेखा परीक्षकको १४ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखकहाँ पेश गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रमको कार्यविधि २०७९ स्विकृत गर्ने निर्णय पनि गरेको छ । पूर्ववर्ती सरकारले कार्यविधिबिनै पहिले संचार कार्यक्रम संचालन हुँदा बेरुजू देखिएकोले कार्यविधि बनाइएको मन्त्री कार्कीले सुनाए । यो टेलिभिजन तथा रेडियो कार्यक्रम उत्पादन नेपाल टेलिभिजन र रेडियो नेपालले गर्ने र अन्य संचारमाध्यमले प्रसारण गर्न दर घटाघटको आधारमा प्राप्त गर्ने गरी ल्याएको मन्त्री कार्कीको भनाई छ । 

यसैगरी सरकारलाई मितव्ययी हिसाबले संचालन गर्ने योजनासाथ सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका पास भएको छ । केही सार्वजनिक अस्पतालको नाम संशोधन गर्ने निर्णय पनि भएको कार्कीले बताए । भने,“विकास क्षेत्र र अंचलका नाम रहेकालाई अस्पताललाई प्रादेशिक नाम दिइएको हो ।” मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हामी स्वयम्सेवी अभियान कार्यक्रमको कार्यविधि पनि पास गरेको छ । खासगरी युवायुवतीलाई लागूऔषधको कुलतमा फस्न नदिन कार्यक्रम संचालन गरिने मन्त्री कार्कीको भनाई छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्