site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त 
फाइल तस्बिर ।

काठमाडौं । स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।

स्पेनका लागि नेपाली राजदूतमा डा. शर्मिला पराजुली (ढकाल)लाई नियुक्त गरिएको छ ।

यस्तै, रुसी महासंघका लागि मिलनराज तुलाधार र रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरिएको छ ।

भारतका लागि आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro