site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रीलंकाविरुद्ध पाकिस्तानको खराब प्रदर्शन
Ghorahi CementGhorahi Cement

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले दोस्रो दिन खराब सुरुवात गरेको छ । दोस्रो दिन सकिँदा पाकिस्तान १८७ रनले पछाडि परेको छ ।

गल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले ३१५/६ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो । श्रीलंकाका निरोशन दिकवेला ४२ र डुनिथ वेलालेग ६ रन बनाएर क्रिजमा थिए । दिकवेलाले ५१ रन बनाए भने बेलालेग ११ रन बनाएर पवेलियन फर्किए । रमेश मेन्डिसले ३५ रन बनाउँदा प्रबाथ जयसूर्याले ८ र असिथा फर्नान्डोले अविजित ४ रन बनाए । दोस्रो दिन पाकिस्तानका नासीम शाह र यासिर शाहले समान दुई विकेट लिए । 

Agni Group

त्यसपछि ब्याटिङ थालेको पाकिस्तानले १९१ रन जोड्दा ७ विकेट गुमाइसकेको छ । पाकिस्तानका लागि अघा सलमानले ६२ र इमान उल हकले ३२ रन जोडे । मोहम्मद रिजवान र फवाद आलमले समान २४ रन बनाए । कप्तान बाबर आजमले १६, मोहम्मद नवाजले १२ र यासिर शाहले अविजित १३ रन बनाए । 

श्रीलंकाका रमेश मेन्डिसले तीन विकेट लिए भने जयसूर्याले दुई र फर्नान्डो र धनन्जय डी सिल्भाले एक एक विकेट लिए । 

Global Ime bank

पहिलो दिन टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाका ओपनर ओशादाा फर्नान्डो र कप्तान दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । फर्नान्डोले ५० रन बनाए भने करुणारत्नेले ४० रन बनाए । कुशल मेन्डिस ३ रनमा आउट भएका थिए । 

श्रीलंकाका लागि १००औँ टेस्ट खेलेका एन्जेलो म्याथ्युज र दिनेश चन्डीमलले चौथो विकेटका लागि ७५ रनको साझेदारी गरेका  थिए । म्याथ्युज ४२ रन बनाएर आउट भए । त्यसपछि चन्डीमलले धनन्जय डी सिल्भासँग पाँचौँ विकेटका लाग ६३ रनको साझेदारी गरेका थिए । डी सिल्भा ३३ रन बनाएर पवेलियन फर्किए । चन्डीमल ८० रनमा पवेलियन फर्किएका थिए । 

पाकिस्तानका मोहम्मद नवाजले दुई विकेट लिए । नसीम शाह, नौमन अली र यासिर शाहले एक एक विकेट लिएका थिए । 

गल क्रिकेट मैदानमै सम्पन्न पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC