site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेटलाइफ फाउन्डेसनले समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ । 

विश्वभरी नै बुधबार घोषणा भएको यो योजनाले मेटलाइफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने बताइएको छ ।

फाउन्डेशनले एक अर्ब ५० करोड डलर कोषको वाचा गरेको पनि प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । मेटलाइफले २०२१ र २०३० को बीचमा ऐतिहासिक रूपमा सीमान्तकृत व्यक्तिहरू र तिनीहरूका परिवारलाई समर्थन गर्न आठ लाख कर्मचारी स्वयंसेवक घण्टाको प्रतिज्ञा गरेको जानकारी दिएको छ ।
 
मेटलाइफ फाउन्डेसनको अनुदान निर्माण र प्रभाव लगानीहरू संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरू र तीन मुख्य पोर्टफोलियोहरूमा पंक्तिवद्ध गरिने जानकारी दिएको छ । तीन मुख्य पोर्टफाृलियोमा आर्थिक समावेशीकरण, वित्तीय स्वास्थ्य र बलियो समुदाय रहेका छन् ।
 
१५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरेर र आफ्ना स्रोतसाधनको फराकिलो प्रयोग गरेर मेटलाइफले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पारेको मेटलाइफका कर्पोरेट मामिला प्रमुख तथा मेटलाइफ फाउन्डेसनका अध्यक्ष माइक जारकोनले जानकारी दिए । उनले भने, “मेटलाइफ फाउन्डेसनको अद्यावधिक फोकसको साथ, हामी विश्वभरका कमजोर र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राख्छौं ।”
 
मेटलाइफ फाउन्डेसनका प्रयासहरूलाई मेटलाइफ कर्मचारी–संचालित स्वयंसेवा र सीपमा आधारित प्रो–बोनो प्रोजेक्टहरूद्वारा बढाइनेछ जसले मेटलाइफका कर्मचारीहरूको प्रतिभालाई गैर–नाफामुखी संस्थाहरूको क्षमता विस्तार गर्न, अझ गहिरो प्रभावहरू प्रदान गर्दछ । २०२१ मा, मेटलाइफका २५ हजार भन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१ हजार भन्दा बढी घण्टा स्वयंसेवा गरे ।

मेटलाइफ फाउन्डेसनका अध्यक्ष तथा सीईओ र मेटलाइफमा कर्पोरेट गिविंग र कर्मचारी स्वैच्छिकताका प्रमुख टिया होजेसले भने, “मेटलाइफको प्रतिभालाई मेटलाइफ फाउन्डेसनको परोपकारी लगानीहरूसँग संयोजन गरेर, हामीले मेटलाइफका कर्मचारीहरूको समय, विशेषज्ञता र जोशलाई विश्वभरका समुदायहरूमा बल गुणक बन्नको लागि प्रयोग गरेर हाम्रो प्रभावलाई बढाउन सक्छौं ।”

मेटलाइफ फाउन्डेसनले २५ करोड डलर बढीको अनुदानको पहिलो लहर पनि जारी गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro