अर्थ व्यवसाय
काठमाडौं । सिभिल बैंकका ग्राहकहरूले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । कार्यक्रममा बैंककातर्फबाट सिभिल बैंकका प्रदेश १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरूले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था बैंकले जनाएको छ ।
साथै आगामी दिनमा अन्य संघ संस्थासँग पनि यस्ता सम्झौताहरू गर्दै जाने विराटनगर शाखाका प्रबन्धक प्रशान्त कार्कीले बताए ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्