site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से बढ्ने क्रम जारी, एक अर्ब ७३ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पाँच अंकले बढेको छ । साताको चौँथो कारोबार दिन बुधबार ४.८९ अंक (०.२४) पतिशतले बढेर दुई हजार ५०.५९को बिन्दुमा पुगेको छ ।

आज दिनभर २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच भएको छ । आज एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएको छ । ८६ कम्पनीको सेयर बढेको छ भने ८७ कम्पनीको सयेर घटेको छ ।

सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेको छ ।

आज १३ उपसूचकमध्ये सर्वाधिक फाइनान्स उपसमूहको १.९१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको १.२१ प्रतिशत र अन्यं उपसमूहको १.१६ प्रतिशत, लगानी उपसमूहको ०.७२ प्रतिशत, नन लाइफ इन्स्याेरेन्स उपसमूहको ०.६९ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.१८ प्रतिशत, विकास बैंक उपसमूहको ०.१५ प्रतिशत, म्युचअल फन्ड उपसमूहको ०.१२ प्रतिशतले बढेको  छ ।

यसैगरी बैकिङ उपसमूहको ०.०५ प्रतिशत, लाइफ इन्स्याेरेन्स उपसमूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटनको ०.३५ प्रतिशतले हाइड्रो पावर उपसमूहको ०.५३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै मल्टिप्रोसेस फाइनान्सको ५.६९ प्रतिशतले बढेको छ । भने कर्णाली डेप्लपमेन्ट बैंकको ४.३५ प्रतिशत, सिवम्को ३.७८ प्रतिशतले बढेको छ । लक्ष्मी क्वालिटी फन्ड उपसमूहको ६.३३ प्रतिशतले घटेको छ  । एमर्जिङ कम्पनीको ४.३१ प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro