site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेश भ्रमणमा जानेले मनिचेन्जरबाट २०० अमेरिकी डलरसम्म सटही गर्न पाउने
Argakhachi Cement Island Ad

काठमाडौं । विदेश भ्रमण गर्न जाने नेपालीले अब मनिचेन्जरबाट २०० अमेरिकी डलरसम्म नोट सटही गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गरी विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर कम्पनीहरूलाई यस्तो निर्देशन जारी गरेको हो । 

यो व्यवस्थाअनुसार विदेशी मुद्रा बिक्री गर्ने इजाजतप्राप्त मनिचेन्जरहरूले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रदान गर्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्