site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिनमा सुनको भाउ तोलामा ४०० बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा पछिल्ला तीन दिनमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । साउन १ गते प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ । मंगलबार तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साउन २ गते पनि सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १६० रुपयाँमा खरिद–बिक्री भएको चाँदी आज प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro