site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी क्षेत्रमा आज बाढीको खतरा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र पश्चिम सेती तथा यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास हुनेछ ।

पश्चिम राप्ती र बबईका तराई क्षेत्र भई बहने सहायक नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । आकस्मिक बहाव भई केही नदीहरूमा जलसतह सतर्कता तह आसपाससम्म पुग्न सक्ने जनाइएको छ ।

बाँके, बर्दिया, कैलाली भई बहने साना नदी र डुबान भइरहने होचा स्थानहरूमा आज उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज झापा, इलाम, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, तनहुँ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान बुलेटिन हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro