site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो ।

Dabur Nepal
NIC Asia

बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय साउन ४ गतेदेखि नै लागू हुने नगरप्रमुख गिरिले बताए ।

चन्द्रागिरिले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरू वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गरिने बताएको छ । सो नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro