site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
फाइल तस्बिर ।

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ ।

मंगलबार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको हो । उनलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो ।

साेमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए । मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आएपनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।

बुधबार बिहान उनकाे थप स्वास्थ्य परीक्षण गरिने भएको छ ।

"अहिले उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ," मुख्यमन्त्री पाेखरेलका प्रेस संयाेजक भरत काेइरालाले भने ।

मुख्यमन्त्री पाेखरेलले कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro