site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीलाई अघि नबढाउन तत्काल अमेरिकालाई पत्र लेख्नुपर्‍यो : नारायणकाजी 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले एसपीपीमा अघि नबढाउने भनेर तत्काल अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिसभा बैठकमा उनले सरकारले पत्र नलेखेको भन्दै आपत्ति जनाए ।

“सरकारले अहिलेसम्म पत्र लेखेन । पत्र लेख्नुपर्‍यो । कि हामी एसपीपीलाई अगाडि नबढाउने र यसप्रकारका सम्झौता नगर्ने निर्णयमा पुगेका छौँ भनेर त्यस सम्बन्धमा औपचारिक जानकारी अमेरिकी सरकारलाई, अमेरिकी सम्बन्धित राज्यलाई लेखिहाल्नुपर्छ । तर, लेखिएको छैन,” उनले भने । 

एसपीपीमाथि परराष्ट्र मन्त्रालयका आधिकारिक व्यक्तिले अध्ययन गरिरहेका छौँ‍ भनेर अभिव्यक्ति दिएको भन्दै उनले मन्त्रालयले अध्ययन गर्ने विषय नभएको बताए । सरकारको निर्णय कुटनीतिक पत्र मन्त्रालयले लेख्ने भन्दै तत्काल लेख्न पनि माग गरे 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro