site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहमा सोचेको परिणाम आएन, १७५ सिट ल्याउने आकलन थियो : प्रचण्ड 
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम आफ्नो पार्टीको पक्षमा नआएको बताएका छन् ।

बिहीबार ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले १७०–१७५ सिट ल्याउने आफूहरूले अनुमान गरे पनि १२२ सिटमा खुम्चिनुपरेको बताए । स्थानीय तह निर्वाचनबाट दोस्रो पार्टी बन्ने आकलन गरिएको समेत उनले सुनाए ।

“हामीले सोचेको जति परिणाम पार्टीको पक्षमा आएन । कम्तीमा पनि योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले राम्रोसँग मिहिनेत गर्दा  १७०–१७५ हाम्रो आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ, वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ,” उनले भने, “१२२ सिटमा सीमित भएको छ । यो हामीले आकलन गरेको भन्दा पक्कै कम हो ।”

प्रचण्डले माओवादीले ३० पालिकासम्म जित्छ भनेर प्रचार गरिएको उल्लेख गरे । माओवादीको धेरै सिट आयो भनेर बुर्जुवाहरूले जिब्रो टोकेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro