site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत
फाइल तस्बिर ।

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन् ।

उनले भने, “ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ । तर, एजेन्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेन्डा नै बनाउन खोज्यो ।”

प्रवक्ता डा. महतले नेकपा (एमाले) गएको स्थानीय तहको निर्वाचनपछि एजेन्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आउँदो संसदीय निर्वाचनलाई लक्षित गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता डा. महतले नेपालले कुनै देश वा समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

एक अर्काे प्रसंगमा उनले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको बताए ।

निजी क्षेत्रलाई प्रतिस्पर्धी रूपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे । निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग, व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उनको थियो ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro