site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली प्रधानमन्त्री हुँदै पठाएको थियो सेनाले एसपीपीलाई पत्र

काठमाडौं । अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा बैठकमा एसपीपीका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रश्न उठाएपछि सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको थियो । त्यसक्रममा एमाले सांसदले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाका पालामा सेनाले पत्र पठाएको आरोप लगाएका थिए । तर, पत्र सार्वजनिक भएसँगै केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेपछि पत्र गएको खुलेको छ ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा चाँडै एसपीपीको सदस्य बन्न लागेकामा खुसी व्यक्त गरिएको छ ।

यसैबीच, एसपीपीका विषयमा नेपाली सेनाले जारी गरेको विज्ञप्ति पनि गलत सावित भएको छ । सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro