site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई भीम रावलले भने– काठमाडौंको फोहोर सफा गरेर देखाउनोस्
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले संसद्बाट पारित ‘व्याख्यात्मक घोषणा’ एमसीसीको अंग बने/नबनेको बारे जानकारी गराउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस विषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् । १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उनले उल्लेख गरे ।

उनले बजेटमा रहेका विषयहरू कार्यान्वयनको आधार नभएको तर्क गरे । काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै सफा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

सांसद रावलले काठमाडौंको फोहोर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउँछौँ भनेर जनतालाई भ्रममा राख्न खोजेको बताए ।

उनले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सरकार डराएको टिप्पणी गरे । कालापानी, लिपुलेक, लिम्पियाधुरामा नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बस्नु आश्चर्यजनक भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro