site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन समीक्षा : महन्थले स्वीकारे कमजोरी
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बसेको हो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीति, आउँदो चुनावको सन्दर्भलगायत विषयमा छलफल गर्न बैठक बसेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । आजको बैठकमा यी एजेन्डा प्रस्तुत भएको र भोलिदेखि छलफल अघि बढ्ने उनले बताए ।

बैठकको सुरुवातमा बोल्दै अध्यक्ष महन्थ ठाकुरले स्थानीय निर्वाचनमा पार्टी थोरै सिटमा खुम्चिनुमा आफूहरूको पनि कमजोरी भएको स्वीकारेका थिए । उनले सफलता प्राप्त नहुनुमा आन्तरिक कारण पनि एक रहेको बताएका हुन् ।

"हाम्रो कमीकमजोरी भयो, पार्टी विभाजन भयो । कोरोनाका कारण संगठन विस्तारलाई तीव्रता दिन सकिएन । जसको असर निर्वाचनमा पर्‍यो," महन्थको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले बाह्रखरीसित भने ।

उनले निर्वाचन निष्पक्ष नभएको पनि बताए । "सुरक्षा निकायको पनि राम्रो भूमिका रहेन । गठबन्धनबाट अरू पार्टीका व्यक्तिमाथि आक्रमण गरियो," महन्थको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, "चुनावमा पैसाको व्यापक चलखेल भयो । राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भयो ।"

लोसपाको बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro