site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्काल वाम एकता सम्भव छैन : माधव नेपाल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

कर्णाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए ।

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । “अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन,” उनले भने, “हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले हालै सार्वजनिक भएको आउँदो आर्थिक वर्षको बजेट चुनावमुखी नभएको टिप्पणी गर्दै भने, “बजेट चुनावको समयमा आएको हो, तर चुनावीमुखी होइन ।”

उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिइने उल्लेख गरे ।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उनको भनाइ थियो । अध्यक्ष नेपाल आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन सुर्खेत आएका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro