site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला समन्वय समिति कैलालीको निर्वाचन जेठ ३० गते, स्वतन्त्रको मत निर्णायक
Tiktok banner adTiktok banner ad

धनगढी । कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । जेठ २० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान भएर सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार २२ गते उमेदवारको मनोनयन दर्ता हुने छ । जेठ २४ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै, २५ गते उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । यस्तै जेठ ३० गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन् । जसमा एकजना स्वतन्त्र रूपमा विजयी भएका जनप्रतिनिधि छन् । एकजना सत्ता गठबन्धनविरुद्ध चुनाव लडेका कांग्रेसका नेता छन् । यी दुईजनाको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ ।

जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि १४ मत आवश्यक पर्छ । तर, सत्ता गठबन्धनसँग १३ मत मात्रै छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्मा १३ मत हुन्छ । यसमा पनि एकजना कारबाहीमा परेका छन् ।

गठबन्धनविरुद्ध उमेदवारी दिएको भन्दै कांग्रेस नेता तथा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । उक्त कारबाही फुकुवा नभए गठबन्धनसँग पनि १२ मत मात्रै हुन्छ । त्यसकारण पनि सत्ता गठबन्धनलाई जिल्ला समन्वय समिति गठन गर्न सजिलो  छैन ।

कैलालीका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टी सँग ७ मत छ । एमालेसँग भने ५ मत मात्रै छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ । त्यसकारण यसले पनि समन्वय समिति गठन गर्न सम्भव छैन । ८ मत रहेको कांग्रेस र ७ मत रहेको नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro