राजनीति

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ ।
निर्वाचन आयोगका अनुसार प्रमुखमा कांग्रेसका उमेदवार वसन्तकुमार बस्नेत ११ हजार ५२१ मतसहित अगाडि छन् । एमालेका उमेदवार भागवत राउतले नौ हजार ३६७ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी महेश्वरी राई १० हजार ४८९ मतसहित अगाडि छिन् । कांग्रेसकी सरिता राईले १० हजार १९२ मतसहित उनलाई पछ्याइरहेकी छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १०:१५
प्रतिक्रिया दिनुहोस्