site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला प्रतिनिधित्वको विषयमा कांग्रेसका महिला नेतृहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्थानीय तहको निर्वाचनबाट आएको जनप्रतिनिधिमा २२ प्रतिशत मात्र महिला प्रतिनिधित्व भएपछि नेपाली कांग्रेसका महिला नेतृत्वले चिन्ता जाहेर गरेका छन् । स्थानीय तहको मत परिणमलगत्तै कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को नेतृत्वमा कांग्रेस नेतृहरूले पत्रकार सम्मेलन गरी संविधानले प्रत्याभूत गरेका अधिकार खुम्चिएको विषयमा चासो देखाएका हुन् । 

आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर उनीहरूले महिला प्रतिनिधित्वको क्षतिपूर्ति संघीय चुनावमा हुनुपर्ने माग राख्न लागेका छन् । “गठबन्धनका करणले स्थानीय तहमा महिलाको २२ प्रतिशत मात्र प्रतिनिधित्व हुन सक्यो,” पत्रकार सम्मेलनमा सह–महामन्त्री उपाध्यायले भनिन्, “भोलि प्रदेश र संघीय निर्वाचनमा त्यो त्याग गर्दैनौँ । क्षतिपूर्तिसहित लिन्छौँ ।” 

गठबन्धनमा महिला प्रतिनिधित्व नै घटेको देखेपछि कानुन नै फितलो रहेको महसुस गरी आन्दोलन अघि बढाएको बताउँदै उनले सरकारको नीति तथा कार्यक्रमले महिलालाई पर्याप्त स्थान नदिएको भन्दै भोलि बजेटमार्फत महिलाका मुद्दा संशोधन हुनुपर्ने बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro