site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
०७४ मा वडा सदस्यमा पराजित कन्दकला राना अहिले धनगढीको उपमेयर

धनगढी । धनगढी उपमहानगरपालिकाकी निर्वाचित उपमेयर कन्दकला राना ०७४ सालको निर्वाचनमा वडा नम्बर ८ बाट सदस्यमा पराजित भएकी थिइन् । २०७४ सालमा वडा सदस्यमा नपत्याएका जनताले २०७९ सालको स्थानीय निर्वाचनमा भने उपमेयरमा निर्वाचित गराए । 

०७४ मा कांग्रेसका प्रदीप केसी र रामस्वरूप राना थारूसँग पराजित भएकी राना अहिले आफ्नो वडा नम्बर ८ मा पनि एमालेकै वडाध्यक्ष निर्वाचित गराउन सफल भइन् । कन्दकलाले ०७४ सालको निर्वाचनमा ५७६ मत पाएकी थिइन् । दुईजना वडा सदस्यका लागि ९ जनाको उमेदवारी परेकोमा उनी चौँथो भएकी थिइन् । अहिले धनगढी उपमहानगरपालिकाको उपमेयरमा एमालेका तर्फबाट उनी विजयी भइन् । 

राना सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उमेदवार शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । रानाले १५ हजार ४७९ प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।

२०४० साल जेठ १७ गते धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सामान्य परिवारमा रानाको जन्म भएको हो । उनले करिब १७ वर्षदेखि एमालेको सक्रिय राजनीति र विभिन्न संघसस्थामा आवद्ध भएर काम गरिरहेकी छन् । 

२०६२ सालमा धनगढी गाउँको वडा कमिटी सदस्यबाट एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेकी राना २०६३ सालमा नगर कमिटीको सदस्य भइन् । २०६३ सालमै उनले अखिल नेपाल त्यसपछि निरन्तर सक्रिय राजनीति गर्दै आएकी उनी २०७७ सालमा एमालेको धनगढी नगर कमिटी उपाध्यक्ष भएर काम गरिन् ।

उनी २०६८ सालदेखि पार्टीको संगठित सदस्य बनेकी थिइन् ।२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा खुला वडा सदस्यकी उमेदवार थिइन् ।

यसअघि एमालेको जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीय राना नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष हुन् । यसअघि उनले राना थारू समुदायलाई रानाथारू जातिमा सूचीकृत गर्नुपर्ने भन्दै आवाज उठाउँदै आएकी थिइन् । अहिले उनी अखिल नेपाल महिला संघ कैलालीको जिल्ला कमिटी सहसचिवका रूपमा पनि काम गरिरहेकी छन् । उनी गत पुसमा सम्पन्न भएको अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा पनि निर्वाचित भएकी छन् । 

उनले राना नेपाल–भारत मैत्री संघको जिल्ला सदस्य, लोकतान्त्रिक आदीवासी जनवर्गीय संगठनको केन्द्रीय सदस्य, आदीवासी जनजाति महिला संघको उपाध्यक्ष, नेपाल रानाथारू समाजको केन्द्रीय कोषाध्यक्ष पदमा बसेर काम गरेको अनुभव पनि बटुलेकी छन् । रानासँग करीब ४ वर्ष शिक्षण अनुभव पनि छ ।

रानाथारू समुदाय त्यसमा पनि महिलाको तर्फबाट प्रतिनिधित्व गर्दै उनी उपमेयर उमेदवार बनेकी थिइन् । थारूको बाहुल्य रहेको धनगढीमा गठबन्धनले उक्त समुुदायबाट प्रतिनिधित्व नगराएपछि आलोचना भएको थियो । एमालेले धनगढीको उपमेयर पदमा थारू समुदायको समावेशी प्रतिनिधित्व गराउँदै कन्दकला रानालाई उमेदवार बनाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro