site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा एक लाख २२ हजार २१९ मतगणना : प्रमुख, उपप्रमुखमा कसको मत कति ? (सूचीसहित)

पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा मतगणना जारी छ । आज (सोमबार) बिहान पौने ८ बजेसम्म एक लाख २२ हजार २१९ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता फराकिलो बनेको छ । उनले ४९ हजार २४१ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ४५ हजार २६२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले पाँच हजार २५७ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ८४१ मतसहित चौथो स्थानमा छन् ।

उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ५१ हजार ५८९ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मत ल्याएकी छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार रन्जना सेनले पाँच हजार २२९ मत पाएकी छन् ।

सूची हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro