राजनीति

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म एक लाख १० हजार ५३३ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) ३९ हजार ५१५ मत प्राप्त गरी अग्रस्थानमा छ । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार २७० मत पाएकी छन् ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापित २१ हजार ७७५ मतका साथ तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ ११:१६
प्रतिक्रिया दिनुहोस्