
काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बैठक बसेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
आजै अपराह्न ४ बजेदेखि सुरु हुने संसद्को बजेट अधिवेशनलाई अघि बढाउने विषयमा भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित भएको छ ।
गत वर्ष भदौदेखि संसद् अवरोध जारी राखेको एमाले यसअघिका बैठकमा पनि सहभागी भएको थिए ।
आजको संसद् बैठकमा अवरोध गर्ने/नगर्ने विषयमा आफूहरू अझै छलफलमा रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बाह्रखरीसित बताए ।
एमाले सांसदले यसअघिको हिउँदे अधिवेशन सञ्चालनमा अवरोध गरेका थिए । पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदकोे सूचना टाँस गर्न माग गर्दै एमालेले निरन्तर संसद्मा अवरोध गरेको थियो ।