राजनीति

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा (एमाले)ले ‘क्लिन स्विप’ गरेको छ । सातवटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले विजयी भएको हो ।
अध्यक्षमा मुक्तबहादुर सारूले ६ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकी तीरन कुमारी श्रेष्ठ विजयी भइन् । उनले ६ हजार ६३८मत प्राप्त गरिन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १९:००
प्रतिक्रिया दिनुहोस्