राजनीति

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा १५ हजार ३१ मत गणना भएको छ । पछिल्लो तथ्यांकअनुसार १२ मतले रेनु दाहाल अगाडि लागेकी छन् ।
दाहालले पाँच हजार ३९ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका विजय सुवेदी पाँच हजार २७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल भने दुई हजार ३५५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ६ हजार ४३ मत ल्याएका छन् । एमालेसँग गठबन्धन गरेको राप्रपा उमेदवार हिमला गुरुङले ४ हजार ४२ मत प्राप्त गरेकी छन् ।
अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ । जसमा कांग्रेसले १ हजार ५६४ मत प्राप्त गर्दा एमालेले १ हजार १३ र राप्रपाले ५७३ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १८:५२
प्रतिक्रिया दिनुहोस्