site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्साको पोखरिया ३ मा एमालेको प्यानल विजयी

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका ३ को वडाध्यक्षमा नेकपा (एमाले)का रामप्रवेश प्रसाद चाई निर्वाचित भएका छन् । एक हजार २९ मत पाएर एमालेका चाई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अजय कुमारले ६०८ मत ल्याएका छन् । नेपाल सुशासन पार्टीका रामबाबु तेलीले ४८९ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) का रविभूषण तिवारीले १६१ मत ल्याएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वडा नम्बर ३ मा एमालेको प्यानल नै विजय भएको हो । महिला सदस्यमा एमालेकी सुगन्धी देवी कुर्मी (९४७), दलित महिला सदस्यमा तेतरी देवी राम ९३३), सदस्यहरूमा रामप्रसाद महत्तो कोइरी (९४२) र विद्यालाल ठाकुर हजाम (९३४) निर्वाचित भएका हुन् ।

वडा नम्बर ३ बाट नगरप्रमुखमा एमालेलाई ८११ मत परेको छ । जसपालाई ५ सय ५, नेपाल सुशासन पार्टीलाई ३९७ र लोसपालाई १७३ मत परेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्