site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ ।

गठबन्धनको सहयोगमा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै सहयोगमा माओवादी केन्द्र विजयी भयो । केन्द्रबाट उमेदवार बनेका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत प्राप्त गरे । एमाले उमेदवार कोपिला भट्टले तीन हजार ३९२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्