site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेस भारी मतान्तरले विजयी

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ ।

आयोगको तथ्यांकअनुसार गाउँपालिका अध्यक्षमा रामप्रसाद उपाध्याय विजयी भए । उनले एमाले उमेदवारलाई दुई हजार ९२८ मतले पराजित गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यायले पाँच हजार १३३ मत प्राप्त गर्दा एमालेका कृष्णकुमार खड्काले दुईहजार २०५ मत मात्र प्राप्त गरे । 

उपाध्यक्षमा पनि कांग्रेसबाटै शुपती खड्का विजयी भइन् । उनले चार हजार ७२४ मत प्राप्त गर्दा एमाले नेतृ शारदा कुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्