राजनीति

धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका छन् ।
उनले ३५० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रबहादुर साँकीले ३१६ मत प्राप्त गरेका छन् ।
योसहित जिल्लामा कांग्रेस बीपी दोस्रो वडामा विजयी बनेको हो । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको अध्यक्षमा काँग्रेस बीपीका नरेश भण्डारी विजयी भएका थिए ।
कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १८:१९
प्रतिक्रिया दिनुहोस्