राजनीति

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा कंग्रेसका चिरिबाबु महर्जनले गणना भएको मतको ५० प्रतिशत बढी मत ल्याएका छन् । अहिलेसम्म आठ हजार २८० मत गणना हुँदा महर्जनले चार हजार ७३० मत प्राप्त गरेका छन् ।
उनको पछि पछि रहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ७४४ मत पाएका छन् । उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले अग्रता कायम गरेकी छन् ।
उनले दुईहजार १४६ मत पाएकी छन् । गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ५५४ मत पाएका छन् । ललितपुर महानगरमा ८५ हजार ८६१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १८:१६
प्रतिक्रिया दिनुहोस्