site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार कांग्रेसबाट शरदकुमार बुढाथोकी विजयी भएका हुन् । उनले तीन हजार ९८० मत प्राप्त गरे ।

दोस्रो बनेका माओवादी केन्द्रका चक्रबहादुर खड्काले तीन हजार १६७ मत प्राप्त गरे । एमालेबाट उमेदवार कुलराज गिरीले दुई हजार ९२२ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भयो । कांग्रेसबाट धनपती देवी यादव तीनहजार ३६ मतका साथ विजयी भए । दोस्रो बनेकी माओवादी केन्द्रका उमेदवार पुष्पा यादवले ३ हजार ३४ मत प्राप्त गरिन् । एमालेकी सिता यादवले भने २ हजार ९०७ मत प्राप्त गरेको अयोगको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्