site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वीरगन्ज महानगरमा जसपाको विजयी सुरुवात

वीरगन्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा जनता समाजवादी पार्टी (जसपा) विजयी सुरुवात गरेको । वीरगन्ज–३२ को वडाध्यक्ष पदमा जसपाबाट उम्मेदवारी दिएका रियाज अहमद मिया एक हजार ९९ मत ल्याई निर्वाचित भएका हुन् ।

उनी निवर्तमान वडाध्यक्ष समेत हुन् । उनले दोस्रो कार्यकाल सम्हाल्ने भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार वासदेव राउत अहिरले ९५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जुमादिन मिया अन्सारीले ९४७ मत पाएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

गएको शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि सुरु गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्