site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट अधिवेशन सञ्चालनबारे सभामुख सापकोटाको अपिल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गरेका छन् । सोमबार संसद् भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मंगलबार (भोलि)देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।

उनले आफ्नो कुराकानी नभए पनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “अहिले मेरो तर्फबाट कुरा नभए पनि कानूनमन्त्रीजी सँग भेटेर छलफल गर्दा उहाँले विपक्षी दलका उपनेता सुभाष नेम्वाङसँग कुराकानी भएको बताएका छन्  । मलाई आशा छ, बजेट प्रस्तुत गर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, १५ गते अनिवार्य रूपमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था हुनाले एउटा समझदारी बन्छ । पार्टीका नेताहरु सबैलार्ई  सौहार्दपूर्ण ढंगले सञ्चालन गर्नका लागि अपील पनि गर्छु ।’

सभामुख सापकोटाले बजेट अधिवेशन मूलरूपमा बजेटमै केन्द्रित हुने बताउनुभयो । सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए ।

संसद्को बजेट अधिवेशन मंगलबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्