site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

भोलि दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने गरी समितिको बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

भोलि अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ । यो बजेट अधिवेशन हो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्