site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलामको सन्दकपुरमा निवर्तमान गाउँपालिका अध्यक्ष राईलाई हराउँदै कांग्रेसका गुरुङ विजयी

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका उदय राई ६५ मतले पराजित भए ।

गठबन्धनको सहयोगमा कांग्रेसका गुरुङले निवर्तमान गाउँपालिका अध्यक्ष राईलाई पराजित गरेका हुन् । गुरुङले चार हजार २२३ मत प्राप्त गर्दा एमालेका राईले तीन हजार २५८ मत प्राप्त गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका हरि लुङ्गेली विजयी भए । उनले एमालेकी तुलसादेवी सेडाईलाई ६५१ मतअन्तरले पराजित गरेका हुन् ।

लुङ्गेली तीन हजार ६३७ मत प्राप्त गर्दा सेढाईले दुई हजार ९८६ मत प्राप्त गरिन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्