site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगर–१८ को वडाध्यक्षमा ‘बागी’ विजयी, जसपाका आधिकारिक उमेदवार पराजित

विराटनगर । विराटनगर महानगरपालिका–१८ को वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । लालटिन चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका जितेन्द्रकुमार साह विजयी भएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का नेता साह पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्वाचित साहले ७१६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका उमेदवार दिनेशकुमार यादव ६८ मतले पछि परे । उनले ६३८ मत प्राप्त गरेका छन् ।

उक्त वडा सदस्यमा दुई स्वतन्त्र उमेदवार गौरव मण्डल र ढुरिया यादव पनि विजयी भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्