site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दैलेखको महाबु अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उमेदवार विजयी
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेसका लक्ष्मण गुरुङ दुई हजार ९७९ मत ल्याउँदै विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार २६८ मत मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांग्रेसकी उमेदवार मञ्जु पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले तीन हजार १५५ मत पाइन् । एमालेबाट उमेदवार दुर्गाकुमारी सिंहले दुई हजार ३०१ मत र एकीकृत समाजवादीका पुण्यप्रभा दशौदीले दुई हजार १३३ मत ल्याइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्